नेभिगेशन
अर्थतन्त्र

पियोर इनर्जीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौं । पियोर इनर्जी लिमिटेडले बाँकेका तीनवटा विद्यालयमा अध्ययनरत ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत सरस्वती पूजाका अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय चमकदापुरका १८५, श्री पशुपति मावि घियागाउँका ३०२ र श्री नेपाल राष्ट्रिय मावि पिडारीका ३१० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यार्थीलाई स्कूल ब्याग, स्टेसनरी, पाठ्यपुस्तक र कर्नर लाइब्रेरी प्रदान गरिएको हो ।

पियोर इनर्जीले बाँकेमा १०–१० मेगावाट क्षमताका दुईवटा सौर्य विद्युत् आयोजना सञ्चालन गरिरहेको छ । दुवै सौर्य विद्युत् आयोजनाले २०८० सालदेखि व्यापारिक उत्पादन गरिरहेका छन् । पियोर इनर्जीले निर्माण गरेका यी सौर्य विद्युत् आयोजना गोल्यान समूहका सबैभन्दा बढी विद्युत् उत्पादन गर्ने आयोजना हुन् ।

गोल्यान समूहले ६० मेगावाट हाराहारीमा सौर्य विद्युत् आयोजनामा लगानी गरेको छ । साथै, गोल्यान समूहले कर्णाली प्रदेशमा ४४१ मेगावाटका २ जलविद्युत् आयोजनाको अनुमति लिई निर्माण प्रक्रियाको काम गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्