नेभिगेशन
अर्थतन्त्र

बजाजको ‘नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’

काठमाडौं । नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले विश्वप्रसिद्ध दुईपाङ्ग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ । माघ ११ देखि १७ सम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने कार्निभलमार्फत ग्राहकले बजाजका नयाँ पुस्ताका मोटरसाइकल आकर्षक अफरसहित खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

कार्निभलको मुख्य आकर्षणका रूपमा नयाँ बजाज पल्सर २२०एफ एफआई बीएस६ को औपचारिक सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कार्निभलमै पहिलोपटक सार्वजनिक भएको यस नयाँ २२०एफ एफआई बीएस६ ले बजाजप्रेमीहरूलाई थप उत्साहित बनाउने अपेक्षा कम्पनीले गरेको छ ।

विशेषगरी फुल डिजिटल कन्सोल, फ्युल इन्जेक्सन, एबिएस र नयाँ ग्राफिक्ससहितको बजाज पल्सर २२० एफ ४ लाख ३९ हजार ९०० रुपैयाँको सुरुवाती मूल्यमा उपलब्ध गराइनेछ ।

कार्निभलमा पुराना बाइक साटेर नयाँ बजाज बाइक खरिद गर्न चाहने ग्राहकका लागि नागरिकताको भरमा बाइक लोन, अन–द–स्पट फाइनान्स, निःशुल्क एक्सेसरिज तथा २२ भन्दा बढी भ्यालुएटरमार्फत उत्कृष्ट एक्सचेन्ज भ्यालुएसनको व्यवस्था गरिएको छ । बजार मूल्यभन्दा ८ हजार रुपैयाँसम्म बढी भ्यालुएसन प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीका अनुसार यो कार्निभल नयाँ बाइक किन्ने योजना बनाइरहेका ग्राहकका लागि एकै स्थानमा सबै सुविधा प्राप्त गर्ने सुनौलो अवसर हो । पाँच वर्षको वारेन्टी तथा सहज फाइनान्स सुविधाले ग्राहकलाई अझ सहज र भरपर्दो बनाउने कम्पनीको विश्वास छ ।

बजाज नेक्स्ट जेन महा– एक्सचेन्ज कार्निभलसम्बन्धी थप जानकारीका लागि नजिकको बजाज सोरूम वा बजाजका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्