नेभिगेशन
अर्थतन्त्र

कोशीका अभिकर्तालाई नेशनल लाइफको तालिम

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरूमा आबद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एकदिने तालिम प्रदान गरेको छ ।

प्रेरणा, प्रगति र पेसागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनोट भएका १२० अभिकर्तालाई इलामको फिक्कलमा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्रकै चर्चित उपाधि एमडिआरटीको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका छन् । कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले अभिकर्तालाई आफ्नो पेसामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरूमार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।

कोशी प्रदेशमा रहेका विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखा स्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई पोलिसी सर्भिसिङ विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरिन् । सहभागी अभिकर्ताले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराइदिएकोमा कम्पनीप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्