नेभिगेशन
अर्थतन्त्र

यामाहा नेपालको ‘माइलेज लिग’को पहिलो चरण पूरा

काठमाडौं । एमएडब्ल्यू राइड्स प्रालिले सञ्चालन गरेको यामाहा नेपाल यामाहा रेजेडआर १२५–एफआई हाइब्रिड माइलेज च्यालेन्जले आधा चरण सफलतापूर्वक पूरा गरेको छ । केही महिनाअघि सुरू भएको यो प्रतियोगिताले नेपालका विभिन्न भू–भागमा उत्कृष्ट राइडरको खोजी गर्ने क्रममा पहिलो चरण सम्पन्न गरेको हो ।          

यामाहा रेजेडआर १२५– एफआई हाइब्रिडले एआरएआई– प्रमाणित ७१.३३ किमी प्रतिलिटर माइलेज दिने दाबी गरिएको थियो । तर, प्रतियोगिताका सहभागीले भने ८७.२० किमी प्रति लिटरसम्मको माइलेज हासिल गरेको बताएका छन् । प्रतियोगितामा सहभागीहरूले तराईका समथर सडकदेखि पहाडी उकालो, हाइवे र अफ–रोड ट्रेलसम्म राइड गरेका छन् ।            

यामाहा नेपालका सीईओ दीपक कुमार अग्रवालले माइलेज लिग प्रतियोगिता मात्र होइन, नेपाली राइडरहरूप्रतिको कम्पनीको प्रतिबद्धताको उत्सव पनि भएको बताए । ‘हामी ल्याब नतिजा मात्र होइन, वास्तविक सडकमा पनि प्रमाणित गर्दैछौं,’ उनले भने ।       

प्रतियोगिताको ग्रान्ड फिनाले २०८३ असारमा आयोजना हुनेछ, जहाँ ‘विनर अफ विनर्स’ टाइटलको लागि क्षेत्रीय विजेताहरू प्रतिस्पर्धा गर्नेछन् । यामाहा नेपालले देशभरका विभिन्न सहरमा यो लिग सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्