नेभिगेशन
अर्थतन्त्र

खल्तीको ‘खल्ती चलाऊ, वर्ल्डकप जाऊ’ अफर

काठमाडौं । नेपाली क्रिकेट टोलीले टी–२० विश्वकपमा ऐतिहासिक स्थान सुरक्षित गरेसँगै देशभर क्रिकेटको लहर छाएको छ । यसै उत्साहलाई थप उचाइमा पुर्‍याउन नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आकर्षक अभियान ‘खल्ती चलाऊ, वर्ल्डकप जाऊ’ सार्वजनिक गरेको छ ।              

यो अभियान क्रिकेट प्रशंसकहरूको सपनालाई वास्तविकतामा बदल्ने उद्देश्यले ल्याइएको खल्तीले जनाएको छ । नेपाली क्रिकेट टोलीको यो गौरवशाली यात्रालाई उत्सवको रूपमा मनाउन खल्तीले एक भाग्यशाली जोडीलाई सबै खर्च बेहोर्ने गरी प्रत्यक्ष रूपमा रंगशालामै पुगेर विश्वकप हेर्ने सुवर्ण अवसर प्रदान गर्दैछ ।            

त्यसका लागि खल्तीका प्रयोगकर्ताले ११ राष्ट्रिय खेलाडीको कार्ड संकलन गर्नुपर्नेछ । अभियानलाई रमाइलो बनाउन खल्तीले एक ‘गेमिफाइड’ अनुभव प्रस्तुत गरेको छ । प्रयोगकर्ताले केवल कारोबारमात्र गर्ने छैनन्, बरु आफ्नै ‘डिजिटल टिम’ निर्माण गर्नेछन् ।      

खल्ती एपमार्फत मान्य कारोबारहरू गर्दा प्रयोगकर्ताले एक डिजिटल ‘स्क्रयाच कार्ड’ प्राप्त गर्ने कम्पनीले जनाएको छ । प्रत्येक स्क्रयाच कार्डमा नेपालका राष्ट्रिय टोलीका ११ मध्ये एक खेलाडीको कार्ड रहनेछ । त्यस्तै बम्पर उपहारको लक्की ड्रमा योग्य हुन प्रयोगकर्ताले ११ छुट्टाछुट्टै खेलाडीका कार्ड संकलन गरी सेट पूरा गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्