नेभिगेशन
राजनीति

निर्वाचनकाे प्रचारप्रसार

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएर उम्मेदवारहरूले मतदाताकहाँ घरदैलोमा थालिसकेका छन् । देश चुनावमा होमिएको छ । प्रचारप्रसार सुरू भइसक्यो । प्रचार यसपटक सामाजिक सञ्जाल केन्द्रित छ । त्यसैले झण्डा, पोस्टर, पम्पलेट आदि परम्परागत प्रचार सामग्री बनाउने काठमाडौंका व्यवसायीलाई भने चुनाव आएको जस्तो लागेको छैन । बिगतमा निकै व्यस्त हुने उनीहरूले यसपटक ठूलो अर्डर नआएको बताएका छन् । स–सानो काममात्रै उनीहरूले पाइरहेका छन् । उनीहरूका अनुसार पहिले पहिले चुनावको एक महिना अघि नै अर्डर पुरा गर्न हम्मेहम्मे हुन्थ्यो। एकैपटक लाख–लाख पिसको अर्डर आउने गर्थ्याे। यो पटक भने धेरै चहलपहल छैन । निर्वाचन प्रचारप्रसारमा दलका झण्डा र प्रचार सामग्री प्रयोगमा निर्वाचन आयोगले कडाइ गरेका कारण अर्डर कम आएको हुन सक्ने व्यवसायीहरूको अनुमान छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्