नेभिगेशन
राजनीति

लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि त्रिवि शिक्षण अस्पतालबाट बिहीबार डिस्चार्ज भएका छन् । अस्पतालका व्यवस्थापन अधिकृत सागर पौड्यालले लामिछानेलाई सेलुलाइटिसको उपचारपछि डिस्चार्ज गरिएको जानकारी दिएका हुन् ।            

सभापति लामिछाने यही माघ ५ गते जनकपुरमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा देब्रे खुट्टामा चोट लागेको थियो । सामान्य ठानेको उक्त चोटले स्वास्थ्य समस्या बढेको थियो । औषधि सेवनले सुधार नआएर संक्रमण बढ्दै जाँदा सेलुलाइटिस भएको खुलेको थियो । उनी गत मंगलबार शिक्षण अस्पतालको हाडजोर्नी विभागअन्तर्गतको वार्डमा भर्ना भएका थिए ।                

लामिछाने अस्पतालमा रहँदा उनलाई भेट्न आउने भीडका कारण व्यवस्थापनमा समस्या भइरहेको थियो । यसैबीच, सामाजिक सञ्जालमा देखिएका केही तस्बिरहरू उक्त अस्पतालसँग सम्बन्धित नरहेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्