काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्राहकलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपमार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ । अब बैंकका मोबाइल बैंकिङ एप प्रयोगकर्ताले कुनै पनि आईपीओ आवेदन प्रक्रिया ग्लोबल स्मार्ट प्लस एपबाटै सजिलै सम्पन्न गर्न सक्नेछन् ।
ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले आईपीओ म्यानेजमेन्ट सेक्सनमा गई आफ्नो डिम्याट नम्बर प्रविष्ट गरेपछि ग्राहकलाई तुरुन्तै सीआरएन नम्बर प्राप्त हुनेछ । त्यसपछि, ग्राहकले आईपीओहरू खुला हुने समयमा एपमार्फतै आवेदन दिन सक्नेछन् ।
साथै, ग्लोबल स्मार्ट प्लस प्रयोगकर्तालाई यस एपको माध्यमबाट कुनै पनि कम्पनीको आईपीओ खुल्ला हुनेबारे जानकारी पनि प्राप्त हुनेछ । यस सेवाले ग्राहकलाई आईपीओ आवेदन प्रक्रियामा अन्य माध्यम प्रयोग गर्न नपर्ने तथा अत्यधिक सहजता र समयको बचत गर्ने सुविधा उपलब्ध गराएको छ ।
लाइभ मार्केट सुविधा
ग्लोबल स्मार्ट प्लस एपमा अब लाइभ मार्केट सुविधा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई सेकेण्डरी बजारमा भएको सबै कारोबारको रियल टाइम अपडेट प्रदान गर्ने छ ।
यस सुविधामा ग्राहकले नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्नओभर, वाचलिस्ट, क्यालकुलेटर, स्टक कम्प्यारिजन, ब्रोकर लिस्टलगायतका विभिन्न लगानीका अवसरहरूको जानकारी प्राप्त गर्न सक्नेछन् ।
लाइभ मार्केट सुविधामार्फत ग्राहकले दोस्रो बजारको सम्पूर्ण जानकारी पाउनेछन् । यसले व्यक्तिगत शेयर लगानी ट्रयाक गर्ने अवसर प्रदान गर्छ । ग्राहकले खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरेर शेयरको मूल्य र नाफा–घाटा रियल टाइममा ट्रयाक गर्न सक्छन् । क्यालकुलेटरको प्रयोगले शेयर किन्ने वा बेच्ने निर्णयमा सही हिसाब–किताब गर्न मद्दत पुर्याउँछ, जसले लगानीको योजना बनाउँदा सहयोगी बन्नेछ ।
वाचलिस्ट सुविधाले लगानीकर्तालाई आफ्नो रोजाइका शेयरहरूको सूची बनाउने अवसर दिन्छ, जसको माध्यमबाट उनीहरू आफ्नो लगानी निर्णयअघि मूल्य परिवर्तन र बजारको ट्रेन्ड निगरानी गर्न सक्छन् । स्टक कम्प्यारिजन सुविधाले ग्राहकलाई शेयरका मूल्य ट्रेन्ड र अन्य सूचकांकहरूको आधारमा तुलनात्मक विश्लेषण प्रस्तुत गर्छ, जसले लगानी निर्णयमा थप सन्दर्भ प्रदान गर्छ ।
यससँगै, ग्लोबल स्मार्ट प्लस एप प्रयोगकर्तालाई दोस्रो बजारको सम्पूर्ण जानकारी प्राप्त गर्ने अवसर प्राप्त भएको छ, जसले उनलाई स्मार्टफोन प्रयोग गरेर शेयर बजारको गतिविधिहरू ट्रयाक र विश्लेषण गर्नका लागि सुविधाजनक र डिजिटल माध्यम उपलब्ध गराउँछ ।
बैंकले यस नयाँ सुविधा सुरुवात गर्नका लागि ग्राहकलाई सहज र सुरक्षित डिजिटल बैंकिङ अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । ग्लोबल स्मार्ट प्लस एपले डिजिटल वित्तीय सेवाहरूमा नयाँ आयाम थप्दै नेपालमा आधुनिक वित्तीय समावेशीकरणको दिशा तय गरेको कम्पनीले जनाएको छ ।