नेभिगेशन
अर्थतन्त्र

दराजद्वारा २.२ सेलको घोषणा

काठमाडौं । दराज नेपालले फेब्रुअरी महिनाको सुरुवात आफ्नै बहुप्रतीक्षित ‘२.२ फ्याबुलस फेब, टु गुड टु मिस’ घोषणा गरेको छ । यो अभियान फेब्रुअरी १ राति ८ बजे सुरु भई फेब्रुअरी ६ सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।            

अभियान अवधिभर ग्राहकले आकर्षक छुट, विशेष ब्राण्ड अफर्स तथा विशिष्ट सपिङ अनुभव प्राप्त गर्नेछन् । २.२ सेल अवधिभर ग्राहकले विभिन्न लोकप्रिय श्रेणीका उत्पादनमा ७० प्रतिशतसम्मको फ्ल्यास सेल र ६० प्रतिशतसम्मको मेगा डिल्सका साथै छानिएका सामग्रीमा निःशुल्क डेलिभरीको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ ।                          

ग्राहकले बाई ३ मा फर फ्री सिपिङ अफर्सका साथै चार वा बढी वस्तु खरिद गर्दा निःशुल्क उपहार पनि प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त २.२ सेलमा अग्रणी ब्राण्डहरूका तर्फबाट विशेष साझेदारी अफर पनि समाविष्ट छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्