नेभिगेशन
अर्थतन्त्र

क्रेटा ईभी ग्राहकलाई बीएमएस अपडेट सुविधा

काठमाडौं । हुन्डाई नेपालले क्रेटा ईभीका ग्राहकलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ । यस अपडेटमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) को अप्टिमाइजेसन गरिएको छ, जुन नेपाली सडक र ड्राइभिङलाई ध्यानमा राखी क्यालिब्रेट गरिएको हो ।                

अपडेटपछि हालको रेन्जको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्नेछ । नयाँ अपडेटले दैनिक आवागमन तथा यात्राका लागि क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्ने कम्पनीको विश्वास छ । यस अपडेटलाई हुन्डाईको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसले गर्दा सबै क्रेटा ईभी ग्राहकले यसको लाभ लिन सक्नेछन् । हुन्डाई नेपाल आफ्ना सवारी साधनको निरन्तर स्तरोन्नति गर्दै ग्राहकलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्न प्रतिबद्ध रहँदै आएको छ ।                    

विश्वसनीय ब्राण्डका रूपमा परिचित हुन्डाई नेपाल, भरपर्दो आफ्टर–सेल्स सेवा सञ्जाल, ६३ भन्दा बढी रिचार्ज नेटवर्क तथा लक्ष्मी मोटर कर्पोरेसनको अत्याधुनिक एसेम्ब्ली प्लान्टले सशक्त छ । जुन नेपालकै एक मात्र चारपांग्रे सवारीसाधन एसेम्ब्ली प्लान्ट पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्