नेभिगेशन
अर्थतन्त्र

बनेपामा कजारियाको शोरूम

काभ्रे । कजारियाले मध्य नेपालमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै बनेपामा नयाँ विशेष शोरूम स्थापना गरेको छ । मानुश्री हार्डवेयर एण्ड स्यानिटरीद्वारा सञ्चालित यस शोरूमले बनेपा तथा आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने कम्पनीको विश्वास छ ।              

बनेपामा स्थापित नयाँ शोरूममा कजारियाका प्रिमियम टायल संग्रहहरूको विस्तृत र सुसज्जित प्रदर्शन गरिएको छ । यससँगै ग्राहकले आवासीय, व्यावसायिक तथा वास्तुकलासम्बन्धी प्रयोजनका लागि उपयुक्त विभिन्न डिजाइनहरू आधुनिक र ग्राहकमैत्री वातावरणमा अवलोकन र छनोट गर्न पाउने भएका छन् ।              

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल उद्योगमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध गराउँदै आएको छ । हाल कजारियाले नेपालभर १ सयभन्दा बढी शोरूमहरूको सञ्जाल विस्तार गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्