नेभिगेशन
अर्थतन्त्र

काठमाडौंको कात्यायनी चोकमा ‘करन्ट मार्ट’

काठमाडौं । ‘करेन्ट नुडल्स’को उत्पादक संस्था यशोदा फुड्सले रिटेल आउटलेट ‘करेन्ट मार्ट’को दोस्रो शाखा सञ्चालनमा ल्याएको छ । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा बलियो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ नयाँ शाखा काठमाडौंको बानेश्वरस्थित कात्यायनी चोकमा स्थापना गरेको हो ।          

भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलता र ग्राहकको बढ्दो मागलाई मध्यनजर गर्दै कात्यायनी चोकमा नयाँ शाखा विस्तार गरेको कम्पनीले जनाएको छ । कात्यायनी चोकमा खोलिएको ‘करेन्ट मार्ट’ को यशोदा फुड्सका निर्देशक मधुसुदन घिमिरे र नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।              

‘करेन्ट मार्ट’मा उपभोक्ताले यशोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादन एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । मार्टमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स, विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुनेछन् । त्यसैगरी, चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सीटीसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनिया पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।            

कार्यक्रममा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले भने, ‘भैरहवाका उपभोक्ताले करेन्ट मार्टलाई देखाउनुभएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको छ । उपभोक्ताले अब कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहजरूपमा खरिद गर्न सक्नुहुनेछ ।’              

सन् २०१७ मा स्थापित यशोदा फुड्स प्रालि नेपालको अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्