नेभिगेशन
अर्थतन्त्र

‘टीभीएससँग सुनको सगुन’ अफर सार्वजनिक

काठमाडौं । नेपालमा टीभीएस मोटर कम्पनीका आधिकारिक वितरक तथा शंकर ग्रुपको सहायक कम्पनी जगदम्बा मोटर्सले नयाँ राष्ट्रव्यापी ग्राहक योजना ‘टीभीएससँग सुनको सगुन’ विशेष अफर सार्वजनिक गरेको छ । यो अफर विश्व बजारमा बढ्दो सुनको मूल्यलाई बिहे तथा चाडपर्वको भावनात्मक मौसमसँग जोड्दै ग्राहकलाई मूल्य र भरोसाको अनुभूति गराउने उद्देश्यले ल्याइएको कम्पनीले जनाएको छ ।              

यस विशेष अफरको मूल भावना ग्राहकको जीवनका महत्वपूर्ण क्षणहरू नयाँ परिवार, नयाँ घर र नयाँ यात्रासँग टीभीएसलाई विश्वासयोग्य साझेदारका रूपमा प्रस्तुत गर्नु हो । सुनको दीर्घकालीन मूल्य र टीभीएस सवारीसाधनको विश्वसनीयता जोडेर जगदम्बा मोटर्सले स्मार्ट निर्णय र भावनात्मक सन्तुष्टिलाई एउटै प्लेटफर्ममा ल्याउने प्रयास गरेको छ ।                

अफर अवधिमा टीभीएस बाइक वा स्कुटर खरिद गर्ने ग्राहकले नगद, फाइनान्स वा एक्सचेञ्जको लाभ लिन सक्ने कम्पनीले जनाएको छ । ग्राहकले दैनिक सुनको सिक्का जित्ने अवसर, १ लाख रुपैयाँसम्मको क्यास छुट, सबै मोडलमा एक्सचेञ्ज सुविधा, सजिलो फाइनान्स सुविधा र सबै टीभीएस मोडलमा लाइफटाइम वारेन्टी प्राप्त गर्नेछन् ।              

‘टीभीएससँग सुनको सगुन’ विशेष अफर १८ माघदेखि ३ चैतसम्म ४५ दिन देशभरका सबै आधिकारिक टीभीएस शोरूमहरूमा लागू हुनेछ । जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले यो विशेष अफर नयाँ सुरुवातको उत्सव भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्