नेभिगेशन
अर्थतन्त्र

एनआईसी एशिया बैंकको ‘गोल्ड लोन’ योजना

काठमाडौं । एनआईसी एशिया बैंकले सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने ‘गोल्ड लोन’ कर्जा योजना सार्वजनिक गरेको छ । समयअनुसारको आवश्यकता र मागलाई सम्बोधन गर्दै बैंकले ग्राहकमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो ।              

योजनाअन्तर्गत ग्राहकले ५० लाखसम्म कर्जा रकम प्राप्त गर्न सक्नेछन् । औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधासहितको प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखेर बजार मूल्यको अधिकतम ७० प्रतिशतदेखि ८० प्रतिशतसम्मको कर्जा प्राप्त गर्न सक्नेछन् ।              

साथै, यस कर्जा योजनाअन्तर्गत गरगहना खरिद गर्नका लागि पनि कर्जा प्राप्त गर्न सकिने सुविधा बैंकले उपलब्ध गराएको छ । ग्राहकले यस योजनाअन्तर्गतको कर्जा तोकिएका विभिन्न शाखाबाट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकको सहजताका लागि बैंकले एकद्वार प्रणालीको व्यवस्थाअनुरूप ‘कर्जा सहायता केन्द्र’ पनि स्थापना गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्