नेभिगेशन
उपत्यका

जेनजी प्रदर्शनका २०० घाइतेको वर्गीकरण

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरिरहेको सरकारको सम्पर्कमा निकै कममात्र पहिचान खुलाएर आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म दुई सय जनाको वर्गीकरण विवरण प्राप्त भएको बताए । 

कात्तिक र मंसिर १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको जानकारी उनले दिए । ‘जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि घाइते सम्पर्कमा आएनन् भनेर जानकारी दियो । त्यसैले वर्गीकरणको संख्या धेरै भएन,’ उनले भने । 

सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण संकलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाउनेल तयारी छ । जेनजी प्रदर्शनका क्रममा धेरै जना घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीको बुझाइ छ । उनका अनुसार प्रदर्शनका क्रममा २ हजार ५ सय ९९ जना घाइते रहेको मन्त्रालयको तथ्यांक छ । रासस
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्