नेभिगेशन
राजनीति

एमालेले देश बिगार्ने नभई बनाउने नेता पोखरेलको दाबी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा  काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको दाबी गरेका छन् ।

आज टोखामा आयोजित घरदैलो कार्यक्रममा उनले भने,  ‘एमालेले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन ।’

नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

उनले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्रयाकमा ल्याउनका लागि देशभर एमालेको जित आवश्यक रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्