नेभिगेशन
प्रदेश

सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

काठमाडौं  । बुधबार राति सर्लाहीको ईश्वरपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–१३ बाके–संग्रामपुर सडक खण्डमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बिआर ३० एआर ३४५८, बिआर ३० एपी ३८०९ र एचपी ५५ सी ०६२३ नम्बरको गरेर तीन वटा मोटरसाइकल एकसाथ ठोक्किएका हुन् ।

बुधबार राति ८ बजे भएको दुर्घटनाका घाइते चार जनालाई लालबन्दीस्थित मोडल अस्पतालमा लगिएको थियो । गम्भीर घाइते दुई जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याइएको थियो । उपचारकोक्रममा दुई जनाको मध्यरातमा प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

सर्लाही प्रहरीका अनुसार दुर्घटनाका गम्भीर घाइते हरिपूर्वा नगरपालिका ९ मिर्चैयाका मुकेश राय र सोही ठाउँका रामज्ञान रायको उपचारका क्रममा मृत्यु भएको हो । सामान्य उपचारपछि अन्य दुई जनालाई भने प्रहरीले इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्