नेभिगेशन
राजनीति

एमाले नेता रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाडौं । नेकपा एमालेका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित कांग्रेस सभापति गगनकुमार थापासँग ‘प्रतिज्ञापत्र सम्बन्धी खुला प्रश्नोत्तर’ कार्यक्रमका क्रममा मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका हुन् ।
पूर्वमन्त्री मानन्धर २०७४ सालका निर्वाचित सांसद हुन् । त्यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ को अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
मानन्धरसँगै कांग्रेस प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्य दीपक केसी, रसुवा एमालेका पूर्वअध्यक्ष जनार्दन ढकाल र काठमाडौं–५ का लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका आकांक्षी डा. प्रणयशमशेर राणा छन् ।
राणा २०७९ सालमा कांग्रेस छोडेर रास्वपा प्रवेश गरेका थिए । सोही वर्ष उनी रास्वपाबाट काठमाडौं–५ का लागि उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्