नेभिगेशन
खेलकुद

एनआरएनए खेलाडीलाई जोड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसले नेपालको राष्ट्रिय टिममा गैरआवासीय नेपाली खेलाडीलाई पनि समावेश गर्ने भएको छ । कांग्रेसले बिहीबार सार्वजनिक गरेको प्रतिज्ञा पत्रमा खेलकुदमा एनआरएनए खेलाडीलाई सहभागी गराइने उल्लेख छ ।

प्रतिज्ञापत्रमा भनिएको छ, ‘गैरआवासीय नेपाली युवालाई नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराई नेपालीत्वको भावना अभिवृद्धि गराउन र समग्र नेपालको खेलकुद क्षेत्रको विकास गर्न कानुनी व्यवस्था गर्छौं ।’

विश्वका अन्य देशमा बाहिरका खेलाडीले देशको प्रतिनिधित्व गरिरहेका बेला नेपालमा भने यो व्यवस्था नहुँदा डायस्पोरामा दोस्रो तेस्रो पुस्ताका युवा खेलाडीले देशको प्रतिनिधित्व गर्न पाएका छैनन् । यसका लागि विद्यमान खेलकुद विकास ऐन पनि संशोधन गर्नुपर्ने कांग्रेसको प्रतिज्ञा पत्रमा लेखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्