नेभिगेशन
उपत्यका

ब्रिटिस मोडल कलेजका विद्यार्थी सम्मानित

काठमाडौं । ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस मोडल कलेज (बीएमसी)ले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । ब्रिटिस मोडल कलेज (बीएमसी)का विद्यार्थीले ‘उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी अवार्डस् २०२५’ मा तीनवटा राष्ट्रिय पदक हात पार्दै कलेजको साखलाई थप उचाइमा पु¥याएका हुन् ।

ब्रिटिस काउन्सिल सर्भिस नेपालले फागुन ५ गते सोल्टी होटलमा आयोजित समारोहमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । क्याम्ब्रिज एसेसमेन्ट इन्टरनेसनल एजुकेसन (सीएआईई)द्वारा नोभेम्बर २०२४ को परीक्षा शृंखलामा उत्कृष्ट नतिजा ल्याउने नेपाली विद्यार्थीमध्ये ब्रिटिस मोडल कलेजका खुस्बु निङ्लेकू, प्रतीक्षा घिमिरे र जेन्सा श्रेष्ठलाई सम्मान गरेको छ ।

अवार्डका सम्बन्धमा ब्रिटिस एजुकेसन ग्रुपका विद्यालय प्रमुख राजन राईले ब्रिटिस मोडल कलेजले सधैं उत्कृष्ट शैक्षिक संस्कृति र नवप्रवर्तनलाई प्रोत्साहन गरिरहेको बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्