नेभिगेशन
प्रदेश

सौराहामा घटे पर्यटक

चितवन । विगतका वर्षमा यतिबेला सौराहाका होटल ८० प्रतिशत हाराहारी भरिने गरेका थिए । यस वर्ष यतिबेला आधा हाराहारी मात्र पर्यटक यहाँ आएका छन् । मुख्य याममा पर्यटक नआउँदा व्यवसायीमा निराशा छाएको छ । 
क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे फेब्रुअरी, मार्च र अप्रिल महिना सौराहाको मुख्य पर्यटकीय मौसम भएको बताउँछन् । गत वर्ष यतिबेला होटलका ८० प्रतिशत कोठा भरिने गरेकोमा यो वर्ष ५० प्रतिशतभन्दा कम कोठा बुक भएको उनले बताए ।
‘एकदमै राम्रो पर्यटकीय याममा पनि किन पर्यटक आएनन् हामी सोचमग्न छौं,’ उनले भने । मौसमका हिसाबले पनि गर्मी र जाडो दुवै नहुने भएकाले सबैका लागि उपयुक्त यही समय हो । सबै हिसाबले राम्रो भए पनि विदेशी पर्यटक न्यून मात्र आउँदा सौराहाको व्यवसाय प्रभावित भएको छ । सौराहामा मात्र नभएर देशभरको अवस्था उस्तै रहेको अध्यक्ष पाण्डेले बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्