काठमाडौँ । वि.सं. २०८२ साल फागुन १० गते आइतबारका लागि राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंको लागि उत्साहजनक रहनेछ । नयाँ कामको थालनी गर्ने अवसर मिल्न सक्छ । साथीभाइको सहयोगले रोकिएका काम बन्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ भने पारिवारिक माहोल सुखद रहनेछ ।
(वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा सजग रहनुहोला । बोलीको प्रभाव घट्न सक्छ, त्यसैले कुराकानी गर्दा विचार पु¥याउनु राम्रो हुन्छ । केही मानसिक तनाव महसुस भए पनि साँझपख मन शान्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार र व्यवसायबाट राम्रो लाभ हुने देखिन्छ । आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । रोकिएका धन हात लाग्ने योग छ । सामाजिक कार्यमा रुचि बढ्नेछ र मान–सम्मान मिल्नेछ ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
कार्यक्षेत्रमा तपाईंको कामको प्रशंसा हुनेछ । नयाँ जिम्मेवारी सम्हाल्ने मौका मिल्न सक्छ । वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ । घरपरिवारमा मांगलिक कार्यको चर्चा चल्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)
भाग्यले साथ दिनेछ । रोकिएका पुराना कामहरू आज सहजै सम्पन्न हुनेछन् । धार्मिक वा आध्यात्मिक यात्राको योग रहेको छ । विद्यार्थीहरूका लागि आजको दिन अध्ययनमा रुचि बढ्ने र सफलता मिल्ने समय छ ।
कन्या (पा, पी, पु, ष, ण, ठ, पे, पो)
आज स्वास्थ्यमा केही कमजोरी महसुस हुन सक्छ, त्यसैले खानपानमा ध्यान दिनुहोला । गोप्य कुराहरू बाहिर आउन सक्ने भएकाले गोपनीयतामा ध्यान दिनुहोस् । जोखिमपूर्ण कामबाट टाढै रहनु उचित हुनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
दाम्पत्य जीवन सुखमय रहनेछ । जीवनसाथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ । घुमघाम वा मनोरञ्जनमा समय बित्नेछ । साझेदारी व्यवसायमा लागेकाहरूका लागि आजको दिन निकै लाभदायक साबित हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईंको साहस र पराक्रम बढ्नेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धामा जीत हासिल हुनेछ । रोकिएका मुद्दा मामिलाहरू तपाईंको पक्षमा आउन सक्छन् । स्वास्थ्य राम्रो रहनेछ र काममा जोस जाँगर बढ्नेछ ।
धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
बौद्धिक काममा सफलता मिल्नेछ । सन्तान पक्षबाट सुखद समाचार सुन्न पाउनुहुनेछ । प्रेम सम्बन्धमा निकटता बढ्नेछ । रचनात्मक काममा रुचि बढ्नेछ भने कला र साहित्यका क्षेत्रमा लाग्नेहरूका लागि दिन राम्रो छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पारिवारिक विवादले केही मन खिन्न हुन सक्छ । हतारमा निर्णय लिँदा पछुताउनुपर्ने हुन सक्छ, त्यसैले धैर्य राख्नुहोला । सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोस् । आमाको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
दाजुभाइ र दिदीबहिनीको सहयोगले ठुलो काम सम्पन्न हुनेछ । छोटो दुरीको यात्रा हुन सक्छ जसले मनमा खुसी ल्याउनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ र नयाँ मित्रहरू बनाउने अवसर मिल्नेछ ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आर्थिक पक्ष बलियो रहनेछ । मिठो भोजन र राम्रो वस्त्रको प्राप्ति हुने योग छ । बोलीको मधुरताले अरूको मन जित्न सफल भइनेछ । बचतमा वृद्धि हुनेछ र परिवारमा खुसीको वातावरण रहनेछ ।