नेभिगेशन
अर्थतन्त्र

आरम्भ चौतारीको नेतृत्व विकास तालिम

काठमाडौं (संवाददाता) । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सशक्तीकरण, नेतृत्व तथा गुणस्तरीय वृद्धि विषयक तालिम सञ्चालन गरेको छ । बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाले सातवटै प्रदेशमा कार्यक्रम गरेको हो । माघ २४ मा कोशी प्रदेशको इटहरीबाट सुरु गरिएको कार्यक्रम कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा समापन गरिएको जनाइएको छ । 
कार्यक्रममा संस्थाका १४० वटै शाखामा कार्यरत कर्मचारी एवम् २२ जना कार्यक्रम अधिकृतसहित करिब ५०० जना कर्मचारीको सहभागिता थियो । इटहरी, सौराहा, बुटवल, नेपालगञ्ज र सुर्खेतमा आयोजित तालिमको उद्घाटन लघुवित्तका प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीले गरेका थिए । लघुवित्त क्षेत्रमा देखिएका चुनौती समाधानका लागि कर्मचारी क्षमता अभिवृद्धि, सशक्तीकरण, नेतृत्व विकास तथा गुणस्तरीय व्यवसाय विस्तारका विषयमा उनले प्रशिक्षण दिएका थिए । सहायक महाप्रबन्धक मनरुपा पौडेल, प्रमुख व्यवसाय अधिकृत चन्दनकुमार सरदार तथा जोखिम विभाग प्रमुख टोपबहादुर रास्कोटीले सहजीकरण गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्