नेभिगेशन
उपत्यका

सीजीको राष्ट्रिय प्रवद्र्धक भेला

काठमाडौं (संवाददाता) । सीजी इलेक्ट्रोनिक्स अन्तर्गतका एलजी, सीजी, मिडिया, टीसीएल, गोदरेज, क्रम्प्टन, बेको, सेन्सेई, केन्ट, एलिका, ब्ल्याक एन्ड डेकर लगायतका अन्तर्राष्ट्रिय तथा स्वदेशी ब्रान्डहरूका देशभर कार्यरत १२५ भन्दा बढी प्रवद्र्धकहरू काठमाडौंमा भेला भएका छन् । उनीहरुको सहभागितामा राष्ट्रियस्तरको भेला गरिएको हो । तीन दिनसम्म चलेको भेलामा बिक्री क्षमताको सुदृढीकरण, उत्पादनसम्बन्धी तालिम, ग्राहक सेवा उत्कृष्टता तथा ब्रान्ड–केन्द्रित रणनीतिक सोचको विकासमा जोड दिइएको थियो । 
कार्यक्रमअन्तर्गत प्रवद्र्धकहरूलाई नवीन प्रविधि, उत्पादनका विशेषता, प्रतिस्पर्धी बजारको बुझाइ तथा ग्राहक आवश्यकताअनुसार समाधान प्रस्तुत गर्ने व्यावहारिक तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा सहभागितामूलक गतिविधि तथा प्रेरणामूलक सत्रहरू पनि समावेश गरिएको थियो, जसले प्रवद्र्धकहरूको व्यावसायिक आत्मविश्वास, टोलीगत समन्वय र संस्थाप्रतिको प्रतिबद्धता अभिवृद्धि गरेको कम्पनीले जनाएको छ । भेलाको अवसरमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रवद्र्धकहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरी उनीहरूको योगदानको औपचारिक मूल्याङ्कन गरिएको थियो । यस पहलले बिक्री टोलीलाई अझ उत्तरदायी, दक्ष र ग्राहक–केन्द्रित सेवा प्रदान गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्