नेभिगेशन
उपत्यका

अनरको ‘एक्क फाइभ सी’ बजारमा

काठमाडौं । मोबाइल ब्राण्ड अनरले एक्स ५सी नेपाली बजारमा एक्स्ट्रीम च्याम्पियनका रूपमा सार्वजनिक गरेको छ । यो स्मार्टफोनले उत्कृष्ट क्यामेरा, भरपर्दो कार्यसम्पादन र प्रिमियम प्रयोग अनुभवलाई किफायती मूल्यमा उपलब्ध गराउने कम्पनीको भनाइ छ । अनर एक्स ५सी मा समावेश गरिएको अल्ट्रा क्लियर ५० मेगापिक्सेल डुअल क्यामेराले स्पष्ट, जीवन्त र उच्च विवरणयुक्त तस्बिरहरू खिच्न सक्षम बनाउने जनाइएको छ । यसमा शक्तिशाली ५२६० एमएएच ब्याट्री छ । 
एक्स ५सी ४जीबी ¥याम र ६४जीबी स्टोरेज क्षमताको सेटको मूल्य १५ हजार ९९९ रुपैयाँ छ  । यस्तै एक्स ५सी प्लसको मूल्य १७ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्