नेभिगेशन
राशिफल

२०८२ साल फागुन ११ गते सोमबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ । काममा ढिलासुस्ती हुनाले मन खिन्न हुनेछ । तर, धैर्यता राख्नुभयो भने साँझसम्ममा सकारात्मक नतिजा निस्कनेछ । स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक लाभको राम्रो अवसर मिल्नेछ । रोकिएका कामहरू पुनः सुचारु हुनेछन् । परिवारसँग रमाइलो समय बित्नेछ र स्वादिष्ट भोजनको आनन्द लिन पाउनुहुनेछ । नयाँ लगानीका लागि पनि दिन उपयुक्त छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
कार्यक्षेत्रमा तपाईंको प्रभाव बढ्नेछ । हाकिम वा माथिल्लो तहका व्यक्तिहरूबाट प्रशंसा मिल्नेछ । लामो समयदेखि अधुरो रहेको योजना आज सफल हुन सक्छ । आत्मविश्वासका साथ अघि बढ्नुहोला ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो
धार्मिक र सामाजिक कार्यमा मन जानेछ । तीर्थयात्रा वा कुनै शुभ कार्यको योजना बन्न सक्छ । टाढा रहेका आफन्तसँग सम्पर्क हुनाले मन प्रसन्न रहनेछ । भाग्यले साथ दिने हुनाले काममा सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टी, टु, टे)
आज अलि सतर्क रहनुपर्ने देखिन्छ । अनावश्यक विवादमा पर्न सकिने भएकाले आफ्नो कुरा राख्दा विचार पु¥याउनुहोला । आर्थिक लेनदेनमा पनि सावधानी अपनाउनु राम्रो हुन्छ । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ ।

कन्या (पा, पी, पु, ष, ण, ठ, पे, पो)
जीवनसाथी वा प्रियजनसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ । व्यापार व्यवसायमा राम्रो प्रगति हुने योग छ । साझेदारीमा गरिएका कामहरूबाट फाइदा पुग्नेछ । उपहार वा नयाँ वस्तु प्राप्तिको सम्भावना छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तग, ते)
प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल हुनुहुनेछ । ऋण वा रोगबाट छुटकारा पाउने समय छ । मामाघर पक्षबाट सहयोग मिल्न सक्छ । मिहिनेत अनुसारको फल प्राप्त हुनाले उत्साह बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बौद्धिक र रचनात्मक क्षमताको विकास हुनेछ । सन्तानको प्रगतिले खुसी तुल्याउनेछ । प्रेम जीवनमा नयाँ मोड आउन सक्छ । विद्यार्थीहरूका लागि अध्ययनमा रुचि बढ्ने र सफलता मिल्ने दिन छ ।

धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
घरायसी काममा बढी समय खर्चिनुपर्ने हुन सक्छ । आमाको स्वास्थ्यमा सुधार आउनेछ तर आफ्नो मनमा भने केही अस्थिरता रहन सक्छ । घरजग्गा वा सवारी साधनको खरिदबिक्री सम्बन्धी कुरा चल्न सक्छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
तपाईंको साहस र जाँगरले धेरै कामहरू बन्नेछन् । छोटो दुरीको लाभदायक यात्रा हुन सक्छ । दाजुभाइ र छिमेकीसँगको सम्बन्ध सुधारिनेछ । नयाँ कामका अवसरहरू हात लाग्नेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धन सञ्चय गर्ने अवसर मिल्नेछ । बोलीको प्रभावले रोकिएका कामहरू सहजै सम्पन्न हुनेछन् । कुटुम्ब वा आफन्तजनको सहयोग प्राप्त हुनेछ । व्यापारमा क्रमिक सुधार आउने देखिन्छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आज तपाईंको व्यक्तित्वमा निखार आउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ । रोकिएका पुराना समस्याहरू समाधान हुनेछन् । आत्मविश्वास बढ्नाले सामाजिक कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सकिनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्