नेभिगेशन
सूचना प्रविधि

डिजिटल आर्टमा फड्को मार्दै नयाँ पुस्ता

काठमाडौं । प्रविधिको प्रयोग बढेसँगै डिजिटल आर्टको विकासलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने काठमाडौंमा आयोजित एक कार्यक्रममा प्राज्ञ, कलाकारहरूले औंल्याएका छन् ।
एनिमेसन एण्ड भीएफएक्स आर्टिष्ट एशोसिएसन अफ नेपालद्वारा काठमाडौंको नक्सालमा हिजो आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले डिजिटल आर्टसँग जोडिएको यो कार्यक्रम वास्तवमा नयाँ युग र नयाँ विधाको प्रतिनिधित्व गर्ने एउटा महŒवपूर्ण पहल भएको बताए ।
प्रविधिको तीव्र विकाससँगै एनिमेसन केवल मनोरञ्जनको माध्यम मात्र नभई सृजनात्मक अभिव्यक्तिको सशक्त साधनका रूपमा स्थापित हुँदै गएको धारणा उनले राखे । उनले भने, ‘यसले कला र शास्त्रलाई एउटै सूत्रमा बाँध्ने कार्य गरेको छ । जहाँ सिर्जनात्मकता, प्रविधिशास्त्र र मानवशास्त्र एकआपसमा अन्तरसम्बन्धित भई अघि बढ्छन् ।’
एनिमेसन र भीएफएक्सजस्ता विधाले विपना, सपना र कल्पनाका दृश्य यथार्थमा रूपान्तरण गर्ने क्षमता राख्ने कुलपति हार्तम्छालीले बताए । ‘यो प्रविधि मात्र होइन, संवेदना हो । केवल मनोरञ्जन होइन, संस्कृतिको सेतु हो भन्दै कुलपति हार्तम्छालीले थप राज्यको संवेदनालाई आत्मसात गर्दै राष्ट्रिय संस्कृतिलाई विश्व समुदायसँग जोड्ने महŒवपूर्ण माध्यम पनि एनिमेसन विधा भएकाले यसको समयसापेक्ष उपयोगिता बढाउँदै जानुपर्छ,’ उनले भने ।
उनले यसलाई औपचारिक शिक्षाको पाठ्यक्रममा समावेश गर्दै नयाँ पुस्तालाई सिर्जनशील, प्रविधिमैत्री र विश्वदृष्टि सम्पन्न बनाउन सकिने धारणा राखे ।
कार्यक्रममा एनिमेसन एण्ड भीएफएक्स आर्टिष्ट एशोसिएसन अफ नेपालका अध्यक्ष विक्रम मानन्धरले एनिमेसन र भीएफएक्सजस्ता विषयलाई शैक्षिक पाठ्यक्रमका सामग्रीमा पनि समेट्न जरुरी रहेको बताउँदै त्यसैका लागि संगठित भएर आफूहरूले काम अघि बढाएको जानकारी दिए । 
‘देशविदेशबाट काम लिएर कलाकारहरूले आर्ट बनाइरहेका छन्, तर त्यसलाई राज्यले सम्बोधन गर्न सकिरहेको छैन, त्यसैले अब राज्यले यति महŒवपूर्ण क्षेत्रलाई समेट्नुपर्छ र उचित कानूनी व्यवस्थाको प्रबन्ध हुनुपर्ने भनेर हामीले माग गरिरहेका छौं,’ उनले भने । 
भावी पुस्तालाई सिर्जनात्मक उद्योगतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिँदै अध्यक्ष मानन्धरले नीति निर्माताले औपचारिक तथा अनौपचारिक संस्थागत संरचनामार्फत सिर्जना, शास्त्रलाई कानूनी र प्रशासनिक प्रक्रियामा सहजरूपमा समावेश गर्नुपर्ने बताए । प्रशासनिक जटिलता र प्रक्रियागत कठिनाइलाई जनसमुदाय र जनसम्पर्कसँग जोडेर समाधानतर्फ लैजानुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा शैक्षिक समग्रमा, एनिमेसन र भीएफएक्स क्षेत्र केवल कलात्मक अभिव्यक्ति मात्र नभई यो सांस्कृतिक कूटनीति, रूपान्तरण र आर्थिक सम्भावनाको बलियो आधार भएको औंल्याइएको थियो । नयाँ युगको नयाँ विधालाई राज्य, समाज र शैक्षिक संरचनाले संयुक्तरूपमा अगाडि बढाउन सकेमा यसले राष्ट्रिय पहिचानलाई विश्वस्तरमा स्थापित गर्न महŒवपूर्ण योगदान पु¥याउने भन्दै यस कार्यक्रममा आयोजक तथा कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरिएको थियो ।
एनिमेसन एण्ड भीएफएक्स आर्टिष्ट एशोसिएसन अफ नेपालका सचिव सुचनराज बज्राचार्यले यो सबैलाई चेतना जगाउने अभियान भएको बताउँदै बौद्धिक सम्पत्तिलाई व्यवस्थित गराउनुपर्नेमा जोड दिए । सदस्य राज प्रधानले  कला र आफ्ना सामग्री (कन्टेन्ट) कसरी सुरक्षित राख्ने भन्ने विषयमा महŒवपूर्ण छलफल भएको बताउँदै यो क्षेत्र सरकारको पहिचानमा नरहेकाले त्यसको पहल थालिएको उल्लेख गरे ।
संघीय सरकारको बौद्धिक सम्पत्ति हेर्ने शाखाकी अधिकृत सुशीला कार्कीले दर्ता प्रक्रिया, बौद्धिक सम्पत्तिको सदुपयोगलगायतका विषयमा जानकारी गराइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्