नेभिगेशन
अर्थतन्त्र

एमएडब्लू अर्थमुभर्स ‘डिलर अफ द इयर’बाट सम्मानित

काठमाडौं । नेपालमा जेसीबीका कन्स्ट्रक्सन तथा हेवी इक्विपमेन्टको एकमात्र आधिकारिक वितरक एमएडब्लू अर्थमुभर्स प्रालिले अन्तर्राष्ट्रिय मञ्चमा पुनः सफलता हासिल गरेको छ । जेसीबी एनुअल डिलर कन्फ्रेन्स २०२६ मा कम्पनीले लगातार चौथो वर्ष ‘डिलर अफ द इयर – साउथ एसिया रिजन’ अवार्ड जित्न सफल भएको हो ।
यो अवार्ड फेब्रुअरी १८ मा श्रीलंकामा आयोजित वार्षिक जेसीबी डिलर सम्मेलनमा प्रदान गरिएको छ । एमएडब्लू अर्थमुभर्सका अध्यक्ष विष्णुकुमार अग्रवालले जेसीबी इण्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक सेट्टीबाट सम्मान ग्रहण गरे । कार्यक्रममा सीईओ तेजप्रसाद सुवेदी तथा सीओओ (रिटेल सेल्स) दुर्गाप्रसाद निरौलाको पनि उपस्थिति थियो ।
‘डिलर अफ द इयर’ अवार्ड उत्कृष्ट बिक्री, बजारमा मजबुत उपस्थिति र ग्राहक सन्तुष्टिको मूल्यांकनका आधारमा प्रदान गरिन्छ । अत्यन्तै प्रतिस्पर्धाका बीचमा पनि एमएडब्लू अर्थमुभर्सले नेपालको हेवी इक्विपमेन्ट क्षेत्रमा अग्रणी स्थान र ‘नम्बर १’ को स्थिति जोगाइराख्न सफल भएको जनाएको छ ।
एमएडब्लू ग्रुप अफ कम्पनिजका एमडी एवं चेयरम्यान अग्रवालले भने, ‘यो महŒवपूर्ण उपलब्धिले हाम्रो नेतृत्व क्षमता, काम गर्ने शैली र ग्राहकले हामीमाथि राख्नुभएको विश्वासलाई फेरि प्रमाणित गरेको छ । हामी यो सम्मान देश निर्माणमा जुट्नुभएका सम्पूर्ण निर्माण समुदायलाई समर्पित गर्दछौं ।’
एमएडब्लू अर्थमुभर्स सन् १९६४ मा स्थापित नेपालको प्रतिष्ठित व्यावसायिक समूह एमएडब्लू ग्रुपको एक हिस्सा हो । जेसीबीको आधिकारिक वितरकका रूपमा यसले ब्याकहो लोडर, एक्जाभेटर, ह्विल्ड लोडर र टेलिह्यान्डलरलगायतका उपकरण उपलब्ध गराउँदै आएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्