नेभिगेशन
खेलकुद

केबीए ग्लोबल क्रिकेट क्ल्यास फेब्रुअरी २४ र २५ मा

काठमाडौं । गोल्डेन गेट इन्टरनेसनल कलेज केबीए ग्लोबल क्रिकेट क्ल्यास २०२६ फेब्रुअरी २४ र २५ मा हुने भएको छ । आयोजक केबीए ग्लोबल प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।
वन डे क्रिकेट एकेडेमीमा आयोजना हुने प्रतियोगितामा १२ वटा अन्तर–कलेज टिमहरूको सहभागिता रहनेछ । प्रतियोगितामा लिभरपुल कलेज, सीसीआरसी, पेन्टागट कलेज, नासा कलेज, गोल्डेन गेट कलेज, रिलायन्स कलेज, ग्रामर कलेज, हिमालयन कलेज, मनास्लु कलेज, पिनाकल कलेज, ब्रिज वाटर कलेज र चाणक्य कलेजले प्रतिस्पर्धा गर्नेछन् ।
कार्यक्रममा केबीए ग्लोबलका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोद दाहाल उपाध्यायले प्रतियोगिता युवाका लागि खेल, नेतृत्व र अनुशासन विकास गर्ने साझा मञ्च भएको बताए । टाइटल स्पोन्सर गोल्डेन गेट इन्टरनेसनल कलेजका निर्देशक रोहित पौडेलले शिक्षा र खेलकुदबीचको सहकार्यले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
त्यसैगरी, पावर्ड बाई स्पोन्सर टेकस्पायर कलेजका चिफ स्किल डेभलपमेन्ट अफिसर विजयबाबु रेग्मीले सीप विकास, नेतृत्व निर्माण र प्रतिस्पर्धात्मक सोच विकासमा खेलकुदको योगदानबारे चर्चा गरे । बैंकिङ पार्टनर कुमारी बैंकका प्रतिनिधि सम्झना रानालगायतको पनि कार्यक्रममा सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्