नेभिगेशन
अर्थतन्त्र

चालु पुँजी कर्जा मार्गदर्शन परिमार्जन गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गर्ने तयारी गरेको छ । चालु आर्थिक बवर्ष २०८२÷८३ को मौद्रिक नीतिको मध्यावधि समीक्षामार्फत केन्द्रीय बैंकले मंगलबार चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गर्ने घोषणा गरेको हो ।
‘चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषणको आधारमा स्थायी चालु पुँजी कर्जाको अवधि निर्धारण गर्न सक्ने व्यवस्था मिलाइनेछ । साथै, ऋणीले वर्षको कम्तीमा लगातार सात दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने विद्यमान व्यवस्था परिमार्जन गरी ३० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।
निजी क्षेत्रले लामो समयदेखि चालु पँुजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जनको माग गर्दै आएको छ । निजी क्षेत्रले वर्षभरमा कम्पनीमा लगातार सात दिन चालु पुँजी कर्जाको बक्यौता १० प्रतिशतभन्दा कम गर्नुपर्ने व्यवस्थाले समस्या भएको गुनासो गर्दै आएको थियो । मूलतः राष्ट्र बैंकले त्यसैलाई परिमार्जन गर्ने भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्