नेभिगेशन
प्रदेश

सशस्त्र प्रहरीद्वारा ३२ लाखकोे अवैध सामान नियन्त्रण

सर्लाही । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गूल्म मलगंवाको सक्रियता बढाएसँगै सर्लाहीमा भन्सार छलीका सामान बरामद गर्ने क्रम बढेको छ । सशस्त्र प्रहरीले सर्लाहीको पर्साबाट भन्सार छली गरेर ल्याइएको ३२ लाख बराबरकोे अवैध सामान बरामद गरेको छ । 
सीमावर्ती क्षेत्रमा हुने अवैध कार्यलाई नियन्त्रण गर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालले भारतबाट अवैध सामान ल्याइरहेको सूचनाका आधारमा अवैध सामान ल्याउने २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।  
सर्लाहीको पर्सा ५ सिमानाका बाट सुरक्षा गुल्म मलंगबाका  ससत्र प्रहरी नायब उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा गयको टोलीले सिमानाका बाट मोटरसाईकलमा ल्याई २ वटा पिकअप गाडीमा लोड गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी र सर्लाही भन्सार कार्यालयको संयूक्त टोलीले भन्सार छलीको सामान र सामान सहित सवारी साधन नियन्त्रणमा लिई सर्लाही भन्सार कार्यालयलाई बुझाएको छ । 
सशस्त्र प्रहरी बल नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म मलंगबाबाट गएको शसस्त्र प्रहरीको टोलीले सिमानाबाट भारतीय फुल १७ सय ८५ केजि रहेको र फुलको अन्दाजी मूल्य रु ७ लाख १४ हजार रहेको र भन्सार छलीको कपडाको मुल्य रु ८ लाख ८३ हजार ७ सय ५०रुपंैयाको बराबरको कपडा भन्सार कार्यालय बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ । 
शसस्त्र प्रहरी र भन्सारको संयुक्त टोलीले भन्सार छलीको सामान र सामान सहित सवारी साधन नियन्त्रणमा लिएको २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकलको मूल्य २४ लाख बराबरको पिकअप गाडी र मोटरसाइकल भन्सार कार्यालय बु्झाएको छ । फूल,कपडा र २ वटा पिकअप गाडी र ४ वटा मोटरसाइकल जम्मा मूल्य ३२ लाख ८३ हजार ७५०रुपैया रहेको सशस्त्र  प्रहरीले जनाएको छ । 
बरामद गरिएको सामान सर्लाही भन्सार कार्यालयलाई बुझाएको सशस्त्र  प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी पछिल्लो समय सर्लाहीका सीमा क्षेत्रको सुरक्षालाई थप बलियो बनाउँदै लगेको छ । सीमा सुरक्षासँगै सीमा क्षेत्रमा हुने गरेका अवैध गतिविधि नियन्त्रणमा सशस्त्र सक्रिय देखिएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्