नेभिगेशन
राजनीति

आगामी निर्वाचन देश बनाउने संकल्पको जनमत हो : ईश्वर पोखरेल

काठमाडौं । काठमाडौं निर्वाचन–५ मा नेकपा (एमाले) का उमेदवार ईश्वर पोखरेलले आगामी निर्वाचनलाई आफूहरूले देश बनाउने संकल्पको जनमतका रूपमा लिएको बताएका छन् ।

सो क्षेत्रअन्तर्गत काठमाडौं महानगरपालिका–३ स्थित चुनावी कार्यक्रममा पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राख्दै आफूहरू देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्नेमा रहेको बताए । विकास र राजनीतिक स्थायित्वको प्रमुख एजेन्डा एमालेसँग रहेको तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु भएका पूर्वाधार र विकासका योजनालाई पूर्णता दिन आवश्यक रहेको उनको भनाइ छ ।

पोखरेलले आफू झन्डै तीन दशकदेखि काठमाडौं–५ मा सक्रिय रहेको र यहाँका जनताको सेवाका लागि कटिबद्ध रहेको उल्लेख गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्