नेभिगेशन
अर्थतन्त्र

सामसङ एस२६ सिरिज सार्वजनिक

काठमाडौं  । सामसङले प्रिमियम स्मार्टफोन सिरिजको ग्यालेक्सी  एस२६ सार्वजनिक गरेको छ । अमेरिकाको सानफ्रान्स्सिकोमा बुधबार आयोजित समारोहमा नयाँ मोडल सार्वजनिक गरिएको हो । 
सामसङले ल्याउने नयाँ सिरिजका लागि संसारभर चासो थियो । यो नयाँ सेट छिटै बजारमा आउने कम्पनीले जनाएको छ । नेपाली बजारमा सामसङ नेपालले एस२६ सिरिज खरिद गर्न चाहनेका लागि छिटै ल्याउने उल्लेख गरेको छ । 
ग्यालेक्सी एस२६ सिरिजको नयाँ पुस्ताको ग्यालेक्सी एआई छ । जसले अझ उन्नत अन्तरक्रिया, उच्च उत्पादकता र सहज सिर्जनशीलता सम्भव बनाउँछ । प्रयोगकर्ताले यसमा धेरै नया सुविधाहरु पाउनेछन् । 
औपचारिक सार्वजनिक विमोचनअघि सामसङ नेपालले ‘ह्यान्ड रेजर प्रस्ताव’ सफलतापूर्वक सञ्चालन गरेको थियो, जसअन्तर्गत ग्राहकहरूले आफ्नो रुचि पूर्वदर्ता गरी विशेष लाभ सुरक्षित गर्ने अवसर पाएका थिए । यस पहलमार्फत उपभोक्ताहरूले ग्यालेक्सी एस२६ सिरिज अग्रिम बुकिङ गर्न, आकर्षक साटासाट सुविधा, २४ महिनासम्म सहज किस्ता व्यवस्था तथा विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् । यसले नवीनतम प्रविधि नेपालभर थप पहुँचयोग्य बनाउने कम्पनीको प्रतिबद्धतालाई अझ सुदृढ गरेको बिक्रेताको दाबी छ । 
ग्यालेक्सी एस२६ सिरिज देशभरका अधिकृत सामसङ बिक्री केन्द्रहरूमा उपलब्ध भएसँगै हुलास फिनसर्भ प्रालिमार्फत सहज किस्ता सुविधामा पनि उपलब्ध हुने जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्