नेभिगेशन
खेलकुद
आईसीसी पुरुष टी–२० विश्वकप

भारतको सेमिफाइनल सम्भावना जीवितै

काठमाडौं । चेन्नईमा भएको उच्च स्कोरिङ खेलमा भारतले जुझारु जिम्बाब्वेलाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । सुपर एटको महŒवपूर्ण खेलमा भारतले जिम्बाब्वेलाई ७२ रनले हराउँदै टी–२० विश्वकपमा पुनः जितको लय समातेको छ र वेस्ट इन्डिजविरुद्ध ‘भर्चुअल क्वार्टरफाइनल’ तय गरेको छ ।
गत विजेता भारतले चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा बिहीबार अफ्रिकी टोलीविरुद्ध २५७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जिम्बाब्वेले भने संघर्ष नगरी प्रतियोगिताबाट बाहिरिन मानेन ।
जिम्बाब्वेका ओपनर ब्रायन बेनेटले अविजित ९७ रनको शानदार इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । प्रतियोगिता सुरु हुनुअघि नै उपाधि दाबेदार मानिएको भारतविरुद्ध जिम्बाब्वेले घरेलु समर्थकहरूको चर्को उपस्थितिमा ६ विकेट गुमाएर १८४ रन बनायो ।
भारतका तीव्र गतिका बलर अर्शदीप सिंह उच्च स्कोरिङ खेलमा उत्कृष्ट साबित भए । उनले चार ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । जसप्रित बुम्राह र हार्दिक पाण्ड्या सबैभन्दा किफायती बलर रहे । दुवैले तीन–तीन ओभरमा २१ रन मात्र दिए, यद्यपि विकेट भने लिन सकेनन् । वरुण चक्रवर्ती, अक्षर पटेल र शिवम् दुबेले एक–एक विकेट लिए ।
यसअघि भारतका सञ्जु सामसनले प्लेइङ–११ मा पुनरागमन गर्दै दोस्रो बलमै छक्का प्रहार गरे र १५ बलमा २४ रन बनाए । उनको आक्रामक सुरुवातले लयमा नरहेका ओपनर अभिषेक शर्मालाई समय दिए । विश्वकै शीर्ष वरीयता प्राप्त टी–२० ब्याटर शर्माले ३० बलमा ५५ रन बनाउँदै चार चौका र चार छक्का प्रहार गरे ।
खेलपछि उनले अघिल्ला खेलहरूमा कमजोर प्रदर्शन हुँदाहुँदै पनि आफूमा विश्वास कायम राखेकोमा सहकर्मी र सपोर्ट स्टाफलाई धन्यवाद दिए । उनले भने, ‘उनीहरूले मलाई भने—तिमीले पहिले पनि यस्तो गरिसकेको छौ ।’
भारतको माथिल्लो र मध्यक्रमका ब्याटरहरूले पनि राम्रो योगदान दिए, तर इनिङ्सको अन्त्यमा पाण्ड्याले २३ बलमा ५० रन प्रहार गरेपछि टोली २५० भन्दा माथिको विशाल स्कोरतर्फ अघि बढ्यो ।
पाण्ड्या र उनका साझेदार तिलक वर्माबीच ८४ रनको साझेदारी भयो, जसमा आठ छक्का र पाँच चौका थिए ।
यस खेलपछि समूह–१ को अंक तालिकामा भारतको स्थान परिवर्तन भएन, तर सह–आयोजक भारत अब आइतबार साँझ कोलकातामा वेस्ट इन्डिजविरुद्ध नकआउट सरहको खेल खेल्नेछ ।
यसअघि मुम्बईमा भएको खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई नौ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । दक्षिण अफ्रिकाले आइतबार नयाँ दिल्लीमा समूह–१ को अन्तिम खेलमा जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्