नेभिगेशन
प्रदेश

जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द

धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनकपुर–जयनगर खण्डको रेल सेवा तीन दिन बन्द गरिने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न चुनावका लागि रेल सेवा तीन दिन पूर्ण रूपमा बन्द रहने जनाएको हो । मंगलबारदेखि बिहीबारको मतदानको दिनसम्म सेवा बन्द हुने कम्पनीको जनकपुरस्थित केन्द्रीय कार्यालयले जारी गरेको सूचनामा छ । 
रेल सेवा भंगाहा–जनकपुर–जयनगर खण्डमा सञ्चालित छ । फागुन २२ गते शुक्रबारदेखि रेल सेवा नियमित सञ्चालनमा आउने शुक्रबार जारी सूचनामा छ । निर्वाचनका लागि सरकारले आगामी बुधबारदेखि तीन दिन सार्वजनिक बिदा दिएको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्