नेभिगेशन
खेलकुद

केबिए ग्लोबल क्रिकेट क्ल्यास २०२६ को उपाधि नासा कलेजलाई

काठमाडौं । कलेजस्तरीय प्रतिष्ठित प्रतियोगिता केबिए ग्लोबल क्रिकेट क्ल्यास २०२६ को उपाधि नासा इन्टरनेशनल कलेजले जितेको छ । अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक फाइनल खेलमा नासाले १ विकेटको सानदार जित दर्ता गर्दै च्याम्पियन बन्न सफल भएको हो ।  
यस्तै, फाइलन हारेको प्रतियोजिताको उपविजेतामा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज बनेको छ । फाइनल खेल अन्तिम क्षणसम्म रोमाञ्चक बनेको थियो । दबाबपूर्ण अवस्थामासमेत संयमित ब्याटिङ र प्रभावकारी बलिङ प्रदर्शन गर्दै नासाले जित सुनिश्चित गरेको हो । यससँगै कलेज क्रिकेटमा आफ्नो सशक्त उपस्थितिलाई नासाले थप मजबुत बनाएको छ ।
प्रतियोगिताभर हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो । टोलीको अनुशासन, सामूहिक प्रयास र लडाकु भावनाले दर्शक तथा आयोजकबाट प्रशंसा बटुल्यो । उपविजेता बन्दै टोलीले कलेजस्तरमा आफ्नो निरन्तर प्रतिस्पर्धात्मक क्षमता प्रमाणित गरेको छ ।
व्यक्तिगत विधातर्फ नासा इन्टरनेशनल कलेजका प्रिन्स बलायर बेस्ट बलर घोषित भए । हिमालयन ह्वाइट हाउसका अभिषेक बीके बेस्ट ब्याट्सम्यान चुनिँदा, सोही कलेजका पप्पु रोय प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।
समापन समारोहमा प्द्यब् का प्रतिनिधिहरूले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरे । प्रमुख अतिथि तथा गोल्डेनगेट इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवालले यस्ता खेलकुद कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता, अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पु¥याउने बताए । विशेष अतिथि जुपिटर मिडियाका निर्देशक सुनील आचार्यले खेल र शिक्षाबीचको सहकार्य अझ सुदृढ बन्दै गएको उल्लेख गरे ।
विजेता तथा उपविजेता टोलीलाई नगद, मेडल, ट्रफी तथा क्रिकेट किट प्रदान गरिएको थियो। प्रतियोगिताले कलेजस्तरीय क्रिकेटमा व्यावसायिकता र खेल भावना प्रवद्र्धन गर्दै नेपाली शैक्षिक खेलकुद गतिविधिलाई नयाँ उचाइमा पु¥याएको आयोजकको निष्कर्ष छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्