नेभिगेशन
अर्थतन्त्र

एनसेलको पोखरा सेन्टर पुनःसञ्चालनमा

काठमाडौं । एनसेलले पोखरास्थित आफ्नो एनसेल सेन्टर पुनःसञ्चालनमा ल्याएको छ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड हुँदा क्षतिग्रस्त भई बन्द हुन पुगेको सिर्जना चोकमा रहेको एनसेल सेन्टर मर्मत सम्भारपछि पुन ः सञ्चालनमा ल्याइएको हो । 
एनसेलले मर्मतसंभार सम्पन्न गरी बिहीबारबाट औपचारिक उद्घाटन गरी यो सेन्टर औपचारिक रूपमा पुनःसञ्चालनमा ल्याइएको जनाएको छ । उद्घाटन एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखारा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले संयुक्त रूपमा गरेका थिए । सेन्टर बन्द अवधिमा कम्पनीले एक तल्लामाथि रहेको कार्यालयबाट अस्थायी रूपमा ग्राहक सेवा प्रदान गर्दै आएको थियो ।


उद्घाटन कार्यक्रममा दाहालले पोखरा सेन्टर बन्द हुँदा ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमायाचना व्यक्त गरिन् । उनले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्ने प्रतिबद्धतासहित सेन्टर पुनःसञ्चालनमा ल्याइएको बताइन् । उनका अनुसार कम्पनीले एकै स्थानबाट बहुविध सेवा उपलब्ध गराउँदै विश्वस्तरीय सेवा सुविधा दिने उद्देश्य राखेको छ ।
पुनःसञ्चालित सेन्टरबाट ग्राहकहरूले एनसेलका सबै प्रकारका सेवा लिन सक्नेछन् । सेवाअन्तर्गत सिम खरिद, सेवा तथा सुविधाबारे सोधपुछ, इन्टरनेट सेटिङसम्बन्धी जानकारी, कर्पोरेट सेवा, सिम फोरजी वा ई–सिममा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बर व्यवस्थापन, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल भुक्तानी, ब्यालेन्स रिचार्ज तथा ट्रान्सफर लगायतका सुविधा उपलब्ध छन् ।
पोखरा एनसेल सेन्टरको पुनःसञ्चालनसँगै स्थानीय ग्राहकले सहज र गुणस्तरीय सेवा पाउने कम्पनीको विश्वास छ। एनसेलले हाल देशका विभिन्न स्थानमा ३१ वटा एनसेल सेन्टरमार्फत ग्राहक सेवा प्रदान गर्दै आएको जनाएको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्