नेभिगेशन
उपत्यका

कांग्रेसले उपत्यकाका ६ क्षेत्रमा चुनावी सभा गर्दै

काठमाडौं । कांग्रेसले आइतबार काठमाडौं उपत्यकाका ६ स्थानमा चुनावी सभा गर्ने भएको छ । सभालाई सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासहितका शीर्ष नेताले सम्बोधन गर्ने पार्टीको निर्वाचन प्रचार समितिले जनाएको हो । विभिन्न प्रदेश र जिल्लामा सभा गरिररहेको कांग्रेसले उपत्यका केन्द्रित सभा गर्न लागेको हो । 
दिउँसो १ बजे काठमाडौं–१० को कीर्तिपुरबाट चुनावी सभाको सुरु हुनेछ । कांग्रेसले बिगतमा लगातार तीनचोटि जितेको यो क्षेत्रमा यसपटक हिमाल कार्की उम्मेदवार छन् । दिउँसो २ बजे भक्तपुरको मध्यपुर थिमिमा सभा हुँदैछ, जसलाई उपसभापति शर्माले सम्बोधन गन छन् । भक्तपुर–२ मा कांग्रेसले वरिष्ठ पत्रकार कवीर राणा उठाएको छ । ०७९ मा यो क्षेत्र पनि कांग्रेसले जितेको हो । त्यस्तै, काठमाडौं–२ अन्तर्गत पेप्सीकोला टाउनप्लानिङमा दिउँसो २ बजे नै चुनावी सभा हुने तालिका छ । यो क्षेत्रमा कांग्रेसका यही क्षेत्रका सभापति कवीर शर्मा उम्मेदवार छन् । 
दिउँसो ३ बजे काठमाडौं–७ को बालाजु चोकमा चुनावी सभा तय भएको छ । यहाँ नेविसंघका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं उम्मेदवार छन् । 
साढे ३ बजे काठमाडौं–५ र ६ को संयुक्त चुनावी सभा सामाखुशी चोकमा आयोजना गरिएको छ । क्षेत्र ५ मा महामन्त्री प्रदीप पौडेल र ६ मा पार्टीका  काठमाडौं जिल्ला सभापति सबुज बानियाँ उम्मेदवार छन् । 
त्यस्तै, सभापति थापाले यसअघि चुनाव लड्ने गरेको क्षेत्र काठमाडौं–४ मा ४ बजे कपन बालुवाखानीमा चुनावी हुने छ । यहाँ कांग्रेसले सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्