नेभिगेशन
उपत्यका

रास्वपाको काठमाडौंमा ‘रोड शो’

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौं उपत्यकामा ‘रोड शो’ आयोजना गरेको छ । उपत्यकाका विभिन्न स्थानमा सवारी ¥यालीको उक्त कार्यक्रममा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह रोड शोमा सँगै सहभागी भएका थिए । 
बिहान साढे ६ बजे पशुपतिनाथमा भेला भएर सुरु गरेको रोडशोमा उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रका उम्मेदवार सहभागी थिए । जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तारमा रोड शो केन्द्रित रहेको र उत्साहजनक समर्थन पाएको रास्वपाले जनाएको छ । 
गौशालाबाट सुरु भएको यात्रा उपत्यकाका विभिन्न स्थान हुँदै साँझ वनस्थली चोकस्थित पार्टीको केन्द्रीय कार्यालयमा टुंगिएको थियो । उपत्यकाका मुख्य चोकहरूमा रास्वपाका समर्थकहरूले ‘घण्टी’ अंकित झन्डा र प्लेकार्ड बोकेर रोड शोमा सहभागिता जनाएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्