नेभिगेशन
प्रदेश

चैते छठः मिथिलामा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण

जनकपुर । मिथिला क्षेत्रको आस्था र श्रद्धासँग जोडिएको चैते छठ पर्वअन्तर्गत तेस्रो दिन आज मंगलबार श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन्।

प्रत्येक वर्ष चैत र कात्तिक महिनाको शुक्ल षष्ठी तिथिमा मनाइने छठ पर्व का अवसरमा जनकपुरका विभिन्न जलाशय, पोखरी तथा नदी किनारमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। व्रतालुहरू दिनभर उपवास बस्दै साँझ जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।

छठ पर्वमा सूर्यदेव र षष्ठी देवी को पूजा गर्ने परम्परा रहेको छ। यस पर्वमा विशेषगरी शुद्धता, नियम र कठोर व्रतको पालना गरिन्छ। व्रतालुहरूले निर्जला उपवास बस्दै परिवारको सुख, समृद्धि र सन्तानको दीर्घायुको कामना गर्ने गर्दछन्।
जनकपुरधामका गंगासागर, धनुषसागर लगायतका जलाशयहरूमा साँझको समयमा दीपमालिका, भजन-कीर्तन र सांस्कृतिक वातावरणले थप रौनकता थपेको थियो।

चैते छठको अन्तिम दिन बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै पर्व समापन हुने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै