नेभिगेशन
अर्थतन्त्र

ललितपुरमा कजारियाको नयाँ शोरूम

ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापीरूपमा परिचित अग्रणी कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले ललितपुरको रातामकै चोक, इमाडोलमा नयाँ शोरूम स्थापना गरेको छ । छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रालिद्वारा सञ्चालन हुने शोरूमको शुक्रबार औपचारिकरूपमा उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कजारिया रमेश टायल्सका कन्ट्री म्यानेजर अभ्यास तिवारीकोे उपस्थिति थियो । सो अवसरमा उनले भने, ‘हामी छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रालिसँगको सहकार्यमार्फत ललितपुरमा उपस्थिति विस्तार गर्न पाउँदा अत्यन्त खुसी छौं । उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित स्थानहरूको माग बढ्दै गइरहेको अवस्थामा यो शोरूमलाई बिक्री केन्द्रमात्र नभई ग्राहकले प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट टायल समाधानहरू अनुभव गर्न सक्ने गन्तव्यका रूपमा परिकल्पना गरिएको छ ।’
नयाँ शोरूममा सिरेमिक तथा भिट्रिफाइड टायल्सको विस्तृत संग्रह प्रस्तुत गरिएको छ, जसमा आधुनिक डिजाइन, आकर्षक फिनिस तथा उच्च प्रदर्शनयुक्त समाधानहरू समावेश छन्, जुन आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकताहरू अनुरूप तयार गरिएको छ ।
कजारिया रमेश टाइल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइनका विकल्प उपलब्ध गराउँदै आएको छ । हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्