नेभिगेशन
अर्थतन्त्र

नेपाली राइडरहरूलाई अन्तर्राष्ट्रिय सफलता

काठमाडौं । भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा सम्पन्न एआरई जीपी ग्रान्ड फिनालेमा नेपाली राइडरले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मोटरस्पोट्र्स क्षेत्रमा नेपालको उपस्थितिलाई बलियो बनाएका छन् । प्रतियोगितामा सहभागी तीन नेपाली राइडरले शीर्ष स्थान हासिल गर्दै नेपाली मोटरस्पोट्र्सको सम्भावनालाई नयाँ उचाइमा पु¥याएका हुन् ।
एआरई जीपी नेपालबाट छनोट भई अन्तर्राष्ट्रिय ट्रयाकमा प्रतिस्पर्धा गरेका राइडरले कठिन मोड, उच्च गति र चुनौतीपूर्ण रेसिङ वातावरणबीच आत्मविश्वासपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूको सफलताले नेपाली युवा राइडर अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको प्रमाणित गरेको छ ।
प्रतियोगिताअन्तर्गत २०० सीसी विधामा अभिनव राज मल्लाले प्रथम स्थान हासिल गरे भने ३१० सीसी विधामा दिलीप दनुवार विजेता बने । त्यस्तै, १६० सीसी विधामा सुजन थापा मगरले दोस्रो स्थान हासिल गर्दै नेपालको लागि थप सफलता दिलाए ।
यो उपलब्धिले टिभिएस अपाचे रेसिङ एक्सपेरियन्स (एआरई) जीपी कार्यक्रमको प्रभावकारितालाई पनि उजागर गरेको छ । उक्त कार्यक्रमले घरेलु स्तरका प्रतिभाशाली राइडरहरूलाई अन्तर्राष्ट्रिय ट्रयाकमा प्रतिस्पर्धा गर्ने अवसर उपलब्ध गराउँदै आएको छ । स्थानीय प्रतिभालाई विश्वस्तरीय प्लेटफर्मसँग जोड्ने प्रयासस्वरूप कार्यक्रमले नयाँ पुस्ताका प्रतिस्पर्धी रेसर तयार गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।
यस सफलताबारे प्रतिक्रिया दिँदै जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले नेपाली राइडरहरूको उपलब्धि देशकै लागि गौरवको विषय भएको बताएका छन् । उनका अनुसार यसले राइडरहरूको मेहनत, क्षमता र प्रतिबद्धतालाई मात्र होइन, नेपालको मोटरस्पोट्र्स क्षेत्रको बढ्दो सम्भावनालाई समेत उजागर गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्