नेभिगेशन
अर्थतन्त्र

‘प्रिमियम सर्भिस सेन्टर’ उद्घाटन

काठमाडौं । नेपालमा होन्डा ग्राहकलाई अझ उत्कृष्ट तथा विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले स्वागत ट्रेडिङ कम्पनीले काठमाडौंमा अत्याधुनिक प्रिमियम सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले पहिलो चरणमा यस्तो सेवा सुरु गर्दै ग्राहकलाई सहज, छिटो र गुणस्तरीय मर्मत सेवा उपलब्ध गराउने जनाएको छ ।
नयाँ सर्भिस सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष दीपक श्रेष्ठले गरेका छन् । उद्घाटन कार्यक्रममा होन्डा मोटरसाइकल तथा स्कुटरका ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव गराउने उद्देश्यका साथ यो सुविधा सुरु गरिएको जानकारी दिइएको छ । कार्यक्रममा कम्पनीका व्यवस्थापन समूह, प्राविधिक टोली तथा उद्योगसँग सम्बन्धित व्यक्तिहरूको उपस्थिति थियो ।
कम्पनीका अनुसार ‘पहिले मूल्य, त्यसपछि प्रिमियम सेवा’ भन्ने अवधारणामा आधारित यो सेन्टरमा ग्राहकले आधुनिक उपकरणसहित दक्ष प्राविधिकबाट सेवा पाउनेछन् । सेवा प्रक्रियामा पारदर्शिता, छिटो मर्मत तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखिएको कम्पनीले जनाएको छ ।
यस सर्भिस सेन्टरमा एड्भान्स प्रिमियम कस्टमर एक्सपिरियन्स, प्रशिक्षित मेकानिक्स, डिजिटल सर्भिस ट्रयाकिङ प्रणाली तथा आरामदायी प्रतीक्षालयको व्यवस्था गरिएको छ । साथै, सेवा केन्द्रमा थ्री–एस सुविधा (सेल्स, सर्भिस र स्पेयर पाट्र्स) एकै स्थानमा उपलब्ध गराइएको छ ।
कम्पनीले आगामी दिनमा देशका अन्य शहरमा पनि यस्ता प्रिमियम सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको जनाएको छ । यस विस्तारसँगै होन्डा ग्राहकले अन्तर्राष्ट्रियस्तरको सेवा अनुभव गर्न सक्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्