नेभिगेशन
अर्थतन्त्र

इनड्राइभका ड्राइभर्स पार्टनर्स विजेताहरूलाई ईभी क्याब प्रदान

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले ‘प्लाटिनम ड्राइभर गिभअवे’ क्याम्पेनका विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । सन् २०२६ मार्च २ देखि मार्च २९ सम्म सञ्चालन गरिएको चार हप्ते क्याम्पेनका विजेतालाई पुरस्कार हस्तान्तरण गरिएको हो ।
क्याम्पेअनुसार पेषल बुढाथोकीले टाटा एक्सप्रेस–टी ईभी तथा साम्देन तामाङ र सरोज खतिवडाले याडिया  भिलक्स पाएका छन् । ग्रान्ड पुरस्कारका अतिरिक्त चालक साझेदारहरूलाई सम्मान गर्न विभिन्न साप्ताहिक पुरस्कार पनि वितरण गरिएको छ । जसअनुसार १६ जनालाई सामसङ ग्यालेक्सी ए१७ ५जी र चार जनालाई स्टेकेसन प्याकेज प्रदान गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्