नेभिगेशन
अर्थतन्त्र

बूढानीलकण्ठ एकेडेमीलाई प्रभु महालक्ष्मीको सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बूढानीलकण्ठ मोडल कम्युनिटी एकेडेमीलाई विद्यालय सञ्चालन गर्न ८ लाख २१ हजार २५० रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयमा पठनपाठन कार्यलाई सहज बनाउन र विद्यार्थीको अध्ययन वातावरण बनाउनका लागि अत्यावश्यक फर्निचरका सामग्री खरिद गर्न एकेडेमीलाई प्रभु महालक्ष्मीले सहयोग गरेको हो ।
एकेडेमीको कार्यालयमा शुक्रबार सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालले प्रधानाध्यापक मोहनप्रसाद भट्टलाई चेक हस्तान्तरण गरेका छन् । चेक हस्तान्तरणपछि अध्यक्ष अर्यालले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।
त्यसैगरी एकेडेमीका प्रधानाध्यापक भट्टले सामुदायिक विद्यालयका विद्यार्थीको पठनपाठनलाई सहज र स्तरीय बनाउन प्रभु महालक्ष्मीको सहयोग उल्लेखनीय रहेकोमा बताए । कार्यक्रममा प्रभु महालक्ष्मीका सञ्चालक समिति सदस्य भावना बलायर, वीरेन्द्रजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई, नायब प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने, ब्राण्डिङ विभाग प्रमुख विनोद घिमिरे एवं एकेडेमीका सहायक प्रधानाध्यापक अनिता लामा, शिक्षकहरु एवं विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्