नेभिगेशन
विश्व

अपराध अनुसन्धानमा मोबाइल डेटा प्रयोग कति जायज ?

वासिङ्टन (एपी)– बैंक लुटका आरोपित च्याट्री ओकेलोलाई प्रहरीले घटनाको करिब तीन महिनापछि पक्राउ गर्न सफल भयो । उनलाई मोबाइल फोनको डेटा हिस्ट्रीका आधारमा पक्राउ त गरियो तर उनको मुद्दामा नागरिककको व्यक्तिगत गोपनीयताको अधिकार हननको बहस चर्किएको छ ।
सन् २०१९ मे २० मा भर्जिनियास्थित कल फेडरल क्रेडिट युनियन बैंकमा बन्दुकधारी पसे । कर्मचारीलाई धम्क्याएर करिब १ लाख ९५ हजार डलर लुटेर फरार भए । सीसीटीभीमा लुटेरासँग मोबाइल फोन देखिएपछि प्रहरीले गूगलबाट लोकेसन डेटा माग्यो । जियोफेन्स वारन्टमार्फत मोबाइल लोकेसन पत्ता लगाएपछि प्रहरीले उनको घरमा छापा मा¥यो र नगद बरामद ग¥यो । त्यसपछि सोही वर्ष अगस्ट १३ मा ओकेलो चट्री पक्राउ परेका हुन् ।  
प्रहरीले प्रयोग गरेको विशेष प्रविधि ‘जियोफेन्स वारन्ट’मा कुनै निश्चित स्थानवरिपरि रहेका मोबाइल प्रयोगकर्ताको लोकेसन हिस्ट्री संकलन गरिन्छ । बैंक लुटिएको समयमा त्यस क्षेत्रवरिपरि रहेका मोबाइल फोनको जानकारी माग्दा, चाट्रीको फोन पनि त्यही क्षेत्रमा रहेको सूचीमा देखिएको थियो ।
अब अमेरिकाको सर्वोच्च अदालतले जियोफेन्स वारन्ट संविधानअनुसार कानूनी हो कि होइन भन्ने विषयमा फैसला गर्ने भएको छ । यो मुद्दाले सन् १७९१ मा बनेको संविधानको चौथो संशोधन आधुनिक प्रविधिमा कसरी लागू हुन्छ भन्ने ठूलो प्रश्न उठाएको छ ।
सामान्यतया प्रहरीले पहिले शंकास्पद व्यक्ति पहिचान गर्छ र त्यसपछि उनको घर वा फोन जाँच गर्न अनुमति लिन्छ । तर जियोफेन्स वारन्टमा भने प्रहरीसँग सुरुवातमा कुनै शंकास्पद व्यक्ति हुँदैन । उनीहरू केवल अपराध भएको स्थानको आधारमा त्यहाँ रहेका मानिसहरूको मोबाइल डेटा खोज्छन् ।
अभियोजन पक्षका अनुसार यस्तो प्रविधिले पुराना तथा जटिल अपराध समाधान गर्न सहयोग पु¥याएको छ, विशेषगरी जहाँ निगरानी क्यामेराले स्पष्ट प्रमाण दिन सकेका छैनन् । तर अधिकारकर्मीले यस्तो प्रविधि ‘फिसिङ एक्सपिडिसन’ जस्तै भएको बताएका छन् । यसको अर्थ, अपराधमा संलग्न नभएका धेरै निर्दोष मानिसहरूको निजी जानकारी पनि प्रहरीले जाँच गर्न सक्छ । उनीहरूका अनुसार यसले गोपनीयताको अधिकार कमजोर बनाउँछ ।
राष्ट्रपति निर्वाचनमा बाइडेनले जिते तर ट्रम्पले स्वीकार गरेका थिएनन्, अन्योलको अवस्थामा २०२१ जनवरी ६ मा हुल पसेर अमेरिकी संसद् भवनमा आक्रमणको घटना भएको थियो । उक्त घटना आधुनिक अमेरिकी इतिहासको एउटा अत्यन्तै विवादास्पद र गम्भीर हो । जसमा जियोफेन्स वारन्ट प्रयोग गरेर प्रहरीले संलग्न व्यक्तिहरू पहिचान गर्न सहयोग पाएको थियो । साथै विभिन्न राज्यमा भएका हत्या घटनाका अनुसन्धानमा पनि यसको प्रयोग गरिएको छ ।
चाट्रीको मुद्दामा प्रहरीले मोबाइल लोकेसनबाट उनी बैंक नजिकै रहेको पत्ता लगाएपछि उनको घरमा खोजी गर्न अनुमति लियो । त्यहाँबाट लगभग १ लाख डलर नगद भेटियो, जसमा बैंक कर्मचारीले बाँधेको चिन्ह पनि थियो । पछि उनले अपराध स्वीकार गरे र करिब १२ वर्ष जेल सजाय पाए ।
उनका वकिलहरूले भने यस्तो प्रमाण गैरकानूनी रूपमा संकलन गरिएको भन्दै अदालतमा चुनौती दिएका छन् । उनीहरूको तर्क छ, प्रहरीसँग सुरुवातमा कुनै ठोस प्रमाण नभई धेरै मानिसको निजी लोकेसन डेटा संकलन गर्नु गोपनीयताको उल्लंघन हो ।
सरकारी पक्षले भने चाट्रीले स्वेच्छाले गूगलको लोकेसन हिस्ट्री सेवा प्रयोग गरेकाले उनलाई गोपनीयताको पूर्ण अपेक्षा गर्न नमिल्ने दाबी गरेको छ ।
यसअघि पनि अमेरिकाको सर्वोच्च अदालतले मोबाइल लोकेसन डेटासम्बन्धी एउटा महŒवपूर्ण मुद्दामा फैसला गरेको थियो । सन् २०१८ मा अदालतले प्रहरीले बिना अनुमति लामो समयसम्म मोबाइल लोकेसन ट्र्याक गर्नु संविधानविपरीत हुन सक्ने जनाएको थियो ।
अब चाट्रीको मुद्दामा अदालतले दिने फैसला भविष्यमा डिजिटल गोपनीयता र प्रहरी अनुसन्धान दुवैका लागि महŒवपूर्ण नजिर बन्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्