नेभिगेशन
प्रदेश

धौलागिरिबाट आरोहीको उद्धार

म्याग्दी । धौलागिरि हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । २१ वर्षीय मिङ्मा तेन्जी शेर्पाको आइतबार उद्धार गरिएको हो । ८१६७ मिटर उचाइको  धौलागिरि आरोहण गरेर फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लिएर करिब चार सय मिटर तल खस्दा संखुवासभाको मकालु–२ का शेर्पा गम्भीर घाइते भएका थिए । उनलाई आइतबार उपचारार्थ काठमाडौं पठाइएको उद्धारमा संलग्न फोट्टिन समिट एक्सपीडिसनका फुरु तेन्जि शेर्पाले जानकारी दिए । ‘बेसक्याम्पमा सम्पर्क गरी माथिल्लो क्याम्पबाट उद्धारकर्मी परिचालन गरी शनिबार राती मिङ्मालाई आधार शिवर ल्याएका थियौं,’ उनले भने, ‘अचेत भेटिएका थिए, अब स्वास्थ्यमा सुधार छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्