नेभिगेशन
विश्व

दिल्लीमा स्विस विमानको इन्जिनमा आगलागी

नयाँदिल्ली(सिन्ह्वा) । दिल्लीबाट जुरिख जान लागेको स्विस एयरलाइनको एउटा विमानमा उडान गर्नै लाग्दा इन्जिनमा आगलागी भएको छ । आइतबार बिहान सबेरै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटना ६ जना यात्रु घाइते भएका छन् । उडान स्थगित गरिएको छ । उक्त विमान बिहान करिब १ः०८ बजे धावनमार्गमा थियो। एयरबस ए३३० विमानमा चालक दल र यात्रुसहित २३२ जना सवार थिए । आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो । घाइतेहरूलाई स्थानीय निजी अस्पतालमा भर्ना गरिएको छ । विमान सेवाका अनुसार चालकले उडान रोक्दै सावधानीका रूपमा यात्रुहरूलाई बाहिर निकाल्ने निर्णय गरेका थिए । घटनाको अनुसन्धान जारी  छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्