नेभिगेशन
अर्थतन्त्र

मेटलाइफ नेपाल पुग्यो जुम्ला

काठमाडौं । मेटलाइफ नेपालले जुम्लामा औपचारिकरूपमा सुरु गरेको छ, जसले नेपालको सबैभन्दा दुर्गम तथा सेवा अभाव भएका क्षेत्रहरूमध्ये एकमा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार गर्ने दिशामा महŒवपूर्ण कदम चालेको छ । यो विस्तार मेटलाइफ नेपालको देशभरि विशेषगरी दुर्गम समुदायसम्म बीमा सेवा सहजरूपमा पु¥याउने प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीले जनाएको छ ।
जुम्लाका बासिन्दाले भोग्दै आएका चुनौतीहरू जस्तै ः सीमित पूर्वाधार र वित्तीय सेवासम्मको दूरीलाई मध्यनजर गर्दै स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । यस पहलमार्फत स्थानीय परिवारलाई व्यावहारिक उपकरण र मार्गदर्शन उपलब्ध गराई उनीहरूलाई आर्थिकरूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पु¥याउने उद्देश्य राखिएको छ ।
समुदायलाई थप सहयोग पु¥याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । यस सहयोगले विद्यार्थीलाई थप आकर्षक र अन्तरक्रियात्मक सिकाइ वातावरण प्रदान गर्नुका साथै शिक्षकलाई आधुनिक कक्षाकोठा प्रविधिसँग सुसज्जित बनाउन महŒवपूर्ण योगदान पु¥याएको छ । मेटलाइफ नेपालले स्थानीय युवालाई लक्षित गरी बीमासम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, जसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्