नेभिगेशन
अर्थतन्त्र

महालक्ष्मी विकास बैंकका सीएसआर कार्यक्रम

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्धन, पूर्वाधार निर्माण तथा सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको हो । 
बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँगको सहकार्यमा पृथ्वी दिवसको अवसर पारेर खप्तड छेडेदह–१, काँडामा २ हजार कागतीको बिरुवा रोप्न आर्थिक सहयोग गरेको छ । त्यसैगरी, क्यान्सर रोगको प्रारम्भिक पहिचान, रोकथाम तथा उपचारबारे जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गर्न तथा सोही कार्यक्रमबाट संकलित रकम कान्ति बाल अस्पतालमा रहेका क्यान्सर वार्डमा हस्तान्तरण गर्न आयोजना गरिएको कार्यक्रमलाई बैंकले आर्थिक सहयोग गरेको छ ।
सीएसआरअन्तर्गत नै ग्लोबल मनी विक २०२६ को अवसर पारेर बैंकले श्री युद्ध संस्कृत माध्यमिक विद्यालय, नेपालगँज बाँकेमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहयोग गर्नेे उद्देश्यका साथ शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीले सातौं नेपाल इकोनोमिक ओलम्पियाडलाई आर्थिक सहयोग गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्